नियम
५ विशेष अनुसन्धान
ः (१) आयोगद्वारा तोकिएका विषय वा प्रस्तावकद्वारा प्रस्तावित
विषयलाई आयोगले स्वीकार गरेको विषयको सम्वन्धमा एक वा एक भन्दा बढी
शिक्षकद्वारा अलग अलग वा संयुक्त रुपमा विशेष अनुसन्धान गराउन सकिनेछ ।
(२) यस्तो अनुसन्धान सम्बन्धित शैक्षिक संस्थाबाट समेत प्रस्तावित गर्न
सकिनेछ । शिक्षकले आवेदन गरेकोमा सम्बन्धित शैक्षिक संस्थाको सिफारिश
आवश्यक हुनेछ ।
(३) प्राप्त प्रस्तावहरु अनुसन्धान समितिको सिफारिशमा आयोगले स्वीकार
गर्ने र त्यसका लागि स्वीकृत भएको रकम अनुसन्धानकर्तालाई उपलब्ध गराईनेछ ।
(४) अन्य कुरा नियम ७.३ सरह हुनेछन् ।